मै सङ्ग मितेरी लाउन
फर्की आएको साउन ,
साउनको साउने झरी
शान्त मन बिथोल्ने गरि
घरी घरि ,
भित्तामा कोरिएको खरि
बिलिन भए सरि
बन्द कोठा वरिपरि ,
भिज्दै छ जमिन
भिज्दै छु म
था छैन किन ।
चिसिए सङ्गै सतह
चिसिदै छु म
था छैन किन ।
सङ्लिएका काला बादलका टुक्रा
टुक्रेसङ्गै टुक्रदै छन वेदना हरु ।
सफा मौसम ,
छिनमै भयानक हुदा ,
प्रकृति एकनासले रुदा
सङ्गै रोएको छु म
था छैन किन ।
उकुसमुकुस हुँदै आएका भाव
भिज्न पाएका छन
चिसिन पाएका छन
साउने झरी जस्तै ,
आखाबाट वर्षिन पाएका छन ।
थामिएका आँसु , लुकाइएका पिडा
अस्प्ष्ट भाव , छोपिएका तिर्खा
विमोचित फिक्का मुस्कान
जतन थिए वर्षैभरी ,
जब फर्कियो साउन
चिरिदै हित , गासिएछ मित ।
गड्याङ्गगुडुङ्ग सङ्गको हस्याङ्फस्याङमा
अडिएनन
झरिका गोला बाटुला आकारहरु
जलमग्न भैदियो धर्ती , भत्किए बाध ।
भत्किएका बाधसङ्गै ,
भत्किए मनका पर्खालहरु
ओरालिए आशु आखादेखी ,
पोखिए अनगिन्ती भावहरु ।
जसै चिरियो आकश ,
जसै बर्सियो साउने झरी
रम्दैछ छ दुनिया
रम्दै छु म ,
झरी सङ्गै झरेका आँसु
चिसा छन , कथित छन
आसुकै साउने झरिमा , वर्खे भेलमै
मुस्कुराएको छु म
हर्षित छु म
था छैन किन ।
कपास झै हलुका छ मन
चरि सरि उड्दै छु
घरिघरि सरिसरि वरिपरि
था छैन किन ।
-प्रेम क्षेत्री
1 Comments
dami yaar dost
ReplyDeletePost a Comment