यो ज्यान
नपुगुन्जेल चिहान
मलाइ तिमी सन्गै हुने मन छ ।
रन्गले रन्गिएको
घुमौरो तिम्रो केश,
उमेरले पाइ्ला चाल्दै गर्दा ,
हिउको पछ्याउरि ओढेसरि
कपासको फुवाले ढाकेसरि फुल्दै जाने छ
र पनि मलाइ तिमि सन्गै हुने मन छ
साच्चै मलाइ तिमि सन्गै हुने मन छ ।
त्यो ज्यानमा टमक्क भएका
ति लुगा खुकुला हुनेछन ,
मिलेका दन्तेलहर देखाइ ,तिमिले छरेको मुस्कान
पछि एक्लै हुने छ ,
तिमि थोत्रि हुने छौ ,
त्यहि मुस्कानमा मुस्कुराउदै रमाउने मन छ
र त मलाइ तिमि सन्गै हुने मन छ ,
साच्चै मलाइ तिमि सन्गै हुने मन छ ।
कोपिला जस्तै मुलायम ,
सुन्दर,
स्याउ जस्ता तिम्रा गाला
समयले कोल्टे फेर्दै गर्दा ,
कुनै नक्सा जस्तै आकारमा चाउरिदै जाने छन
र पनि मलाइ तिमि सन्गै हुने मन छ,
साच्चै मलाइ तिमि सन्गै हुने मन छ ।
वैश न हो ,
ढलेर जाला ,हराएर जाला
तर
तिम्रो स्पर्श,
तिम्रो साथ
तिमि सन्गको लगाव उस्तै रहने छ ,
तिम्रो न्यानो काखको आडमा ,
मलाइ दुनिया हेर्ने मन छ , ढुक्कले सास फेर्ने मन छ
र त मलाइ तिमि सन्गै हुने मन छ,
साच्चै मलाइ तिमि सन्गै हुने मन छ ।
तिम्रो त्यो अग्लो कद,
मिलेको जिउ ,
कोकाकोला फिगर वाला वदन
निरन्तर दिन ढल्दै गर्दा ,
भुइ तिर झुक्दै ,
निउरदै जानेछ
लौरिको आडमा अडिने दिन आउने छ
र पनि मलाइ तिमि सन्गै हुने मन छ,
साच्चै मलाइ तिमि सन्गै हुने मन छ ।
रहुन्जेल साझ र बिहान,
यो ज्यान
नपुगुन्जेल चिहान
मलाइ तिमी सन्गै हुने मन छ ।
- प्रेम क्षेत्रि
Post a Comment
Post a Comment